無料イラスト【イラストAC】


फुकुओका
जुन ०९
फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा गर्न लागीएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम संयोजक नविन सेनले जानकारी दिनुभयो ।
फुकुओकामा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्ने मुख्य उद्देश्य सहित गर्न लागीएको उक्त प्रतियोगीतामा पुरस्कारहरु प्रथम, दिप्तीय क्रमशः ३,५०,००० येन र १,८०,००० येनका साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । साथै सेमिफाइनलमा पुगेर बाहिरीने टीमका लागी पनि सम्मान स्वरुप ट्रफी र प्रमाणपत्र दिने व्यवस्था गरीएको छ । त्यसका साथै विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरीएको छ । उक्त प्रतियोगीतामा जापानको विभीन्न शहरमा रहेर फुटबल खेल खेलिरहेका करीब २४ टिमको सहभागीता रहने अनुमान आयोजकले गरेको छ भने टिम शुल्क ३९,९९९ येन रहेको छ । सहभागीता जनाउन चाहाने टिमले जुन १२ तारीक भित्रमा क्लबका प्रतिनिधीहरुसँग सम्पर्क गनुहोला ।
इभि फुटबल क्लबले अन्य समयमा पनि विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि कार्यक्रमहरुमा अग्रसर रहने योजना रहेको संयोजक सेनले बताउनुभयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *