फुकुओका
सेप्टेम्बर ६
फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न दशौ समर कप २०२६को उपाधी स्पेस एक्स एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका ३२ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा आयोजक श्री गणेश खुकुरी एफसीलाई प्रतिस्प्रधात्मक खेलमा स्तब्ध पार्दै उपाधि हात पारेको हो ।

२०२६ सेप्टेम्बर ५ तारीकका दिन फुकुओकामा सम्पन्न भएको उक्त प्रतियोगीतामा विजेताले ६,२२,२२२ येन र उपविजेताले २,५५,५५५ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन । उक्त प्रतियोगीतामा विभीन्न विधागत पुरुस्कारमा सर्वश्रेष्ठ खेलाडीमा स्पेस एक्स एफसीका सुजन खनाल, सर्वश्रेष्ठ गोलरक्षकमा स्पेस एक्स एफसीका जोन थापा मगर, सर्वश्रेष्ठ डिफेन्डरमा स्पेस एक्स एफसीका पुर्ण मगर, सर्वाधिक गोलकता श्री गणेश खुकुरी एफसीका आशिक गुरुङ्ग र इमान लामाले प्राप्त गरेका थिए ।

उक्त प्रतियोगीतामा फुकुओकाका विभीन्न संघसंस्थाका प्रतिनीधिहरु र खेल प्रेमिहरुको सहभागीता रहेको थियो । साथै यस कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको क्लबका म्यानेजर इन्द्र प्रसाद घलेले जानकारी दिनुभयो ।

