फुकुओका
सेप्टेम्बर ६
फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न नवौं श्री गणेश खुकुरी कप २०२५को उपाधी बेनी एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २६ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा इभी एफसिलाई प्रतिस्प्रधात्मक खेलको पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै उपाधि हात पारेको हो ।


२०२५ सेप्टेम्बर ६ तारीकका दिन फुकुओकामा सम्पन्न भएको उक्त प्रतियोगीतामा विजेताले ५,११,१११ येन र उपविजेताले २,११,१११ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन ।सेमीफाइनलमा बेनी एफसीले वाजीरो एफसीलाई र इभी एफसीले ओहासी एफसीलाई स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थिए । उक्त प्रतियोगीतामा विभीन्न विधागत पुरुस्कारमा सर्वश्रेष्ठ खेलाडीमा बेनी एफसीका स्याङ्बो लामा, सर्वश्रेष्ठ गोलरक्षकमा इभी एफसीका बिष्णु केसी, सर्वश्रेष्ठ डिफेन्डरमा बेनी एफसीका अनिल मोक्तान, सर्वाधिक गोलकता इभी एफसीका सुरज गुरुङ्ग र म्यान अफ द टुर्नामेन्ट बेनी एफसीका सुरव ठोकरले प्राप्त गरेका थिए ।
उक्त प्रतियोगीतामा फुकुओकाका विभीन्न संघसंस्थाका प्रतिनीधिहरु र खेल प्रेमिहरुको सहभागीता रहेको थियो । साथै यस कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको क्लबका म्यानेजर इन्द्र प्रसाद घलेले जानकारी दिनुभयो ।

写真素材無料【写真AC】
, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *