फुकुओका
अगस्ट २०
श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको छ।
श्री गणेश खुकुरी एफसीले आज भन्दा १० वर्ष अगाडी पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न भिषामा आएका नेपाली खेलाडीहरुका लागी फुटसलको हब बन्दै गएको छ । खेलले हामी बीच सद्भाव कायम गर्ने भएकोले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनी प्रवासमा रहेका नेपाली समुदायहरु बिच भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राख्न प्रतियोगिता गरिएको टिमका सह-म्यानेजर प्रदिप राईले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको हुदाँ यस वर्ष सर्वाधीक राशीको पुरस्कार राखिएको बताउनुभयो।“उहाँले भन्नुभयो” उक्त प्रतियोगिताको विजेताले ६,२२,२२२ येन र उपविजेताले २,५५,५५५ येन पुरस्कार प्राप्त गर्नेछन्।साथै, सेमिफाइनल पुग्ने दुवै टोलीलाई ट्रफी र मेडल प्रदान गरिनेछ।प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद रु ५,००० सहित ट्रफीको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिता हुन चाहाने टिमले अगष्ट २८ तारिख सम्म क्लवको नाम दर्ता गराईसक्नु पर्नेछ।टिम दर्ताको लागी दर्ता शुल्क ४५ हजार येन बिमासहित तोकिएको आयोजकले जनाएको छ । प्रतियोगीताको टाइसीट अगस्ट २९ तारीकका दीन एक कार्यक्रमका बिच गरीने जानकारी आयोजकले दिएको छ । यो वर्षको पुरुस्कार राशी १० र्औ संस्करणको प्रतियोगीता भएकोले एकदमै विशेष रहेको र १० वर्ष सम्म लगातार प्रतियोगीता संचालन गर्न सक्नुमा टिमको एक जुटताले गर्दा सम्भव भएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने योजना रहेको आयोजकले जानकारी दिनुभयो ।


