無料イラスト【イラストAC】


फुकुओका
जुन १८
फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा भव्यताका साथ सम्पन्न भएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम संयोजक नविन सेनले जानकारी दिनुभयो ।
फुकुओकामा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्ने मुख्य उद्देश्य सहित गर्न लागीएको उक्त प्रतियोगीतामा पुरस्कारहरु प्रथम, दिप्तीय क्रमशः मिनामी स्क्वायड फुटबल क्लब र श्री गणेश खुकुरी कल्बले पुरस्कार स्वरुप क्रमश ३,५०,००० येन र १,८०,००० येनका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उक्त प्रतियोगीतामा सर्वाधिक गोल कर्ता श्री गणेश खुकुरीका आशिक गुरुङ्ग, उत्कृष्ठ किपर श्री गणेश खुकुरीकै विस्नु केसी र उत्कृष्ठ खेलाडी मिनामी स्क्वायडका बिसाल बि क भएका थिए । उक्त प्रतियोगीतामा जापानको विभीन्न शहरमा रहेर फुटबल खेल खेलिरहेका करीब २४ टिमको सहभागीता रहेको थियो ।
इभि फुटबल क्लबले अन्य समयमा पनि विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि कार्यक्रमहरुमा अग्रसर रहने योजना रहेको संयोजक सेनले बताउनुभयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *