फुकुओका
अगस्ट ९
संभवतः जापानकै सबैभन्दा पुरानो नेपाली संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) ले यस वर्ष पनि नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भव्य ‘तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।
परदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी १२ सेप्टेम्बर २०२६ (शनिबार) मा यो कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा फुकुओकामा लामो समय देखी रहदै आउनु भएका अन्य कलाकारहरुको पनि प्रस्तुती रहने छ ।
सन् १९९५ मा स्थापित सोसाइटीले हरेक वर्ष तीज उत्सवको आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रमलाई थप विशेष र भव्य बनाउन नेपालकी चर्चित एवं लोकप्रिय गायिका शान्ति श्री परियारको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा गायिका परियारका अत्यधिक रुचाइएका ‘रुकुमै कोट’, ‘अरेली काडैले मलाई’, ‘गलबन्दी’, ‘सोल्टी बजारमा’, ‘कुरा बुझ्न पर्छ’, ‘घर कहाँ हो बहिनीको’, ‘लाहुर जाने रेलैमा’, र ‘दर्शन गरे हल्का निहुरेर’ जस्ता चर्चित गीतहरू गुञ्जनेछन्।
फुकुओकास्थित नामिकी स्क्वायर हलमा आयोजना हुने उक्त कार्यक्रममा सहभागीहरुलाई पहिलानै टिकट बुक गरेमा दरको पनि व्यवस्था गरीने छ । साथै मुख्य प्रायोजकको रुपमा गहेको टेन पोइन्ट कम्पनी लिमीटेड तथा क्योदो कुमीआई जाइकोको सहयोगमा सेप्टेम्बरमा जन्मदीन पर्ने दिदीबहीनीहरुलाई निशुल्क प्रवेश तथा सहभागीहरुबाट भाग्यशाली चिठ्ठाको पनि व्यवस्था गरीने जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अशोक सेढाईले जानकारी दिए ।
कलाकार शान्ती श्री परीयारको प्रस्तुती फुकुओकामा मात्र नभै सेप्टेम्बर ७ मा होक्काइदो, ८ मा गिफु, १० मा टोकीयो, ११ मा कुमामोतो र १३ मा किताक्युस्यु गरी विभीन्न शहरहरुमा कार्यक्रमहरु आयोजना गरीने जानकारी संस्थाका अध्यक्ष दिपक बिकले बताउनु भयो ।
आयोजक कमिटीले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो कार्यव्यस्तताका बाबजुद परिवार र साथीभाइसहित उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।

, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *