फुकुओका
फेबु्रअरी २४

फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ६औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा दोस्रो फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी २४ तारीकका भव्यताका साथ सम्पन्न भै सकेको क्लबका म्यानेजर तथा कार्यक्रम संयोजक रोजिन थापा मगरले जानकारी दिनुभयो ।
उक्त प्रतियोगीतामा जापानको विभीन्न क्षेत्रका २० वटा टिमको सहभागीता रहेको र उक्त प्रतियोगीताको उपाधी ओहासी क्लबले हात पारेको छ । उक्त प्रतियोगीताको दिप्तीय पुरुस्कार किता क्युस्यु वारीयर्स र तृतिय पुरुस्कार हिगासी ल्याडसले हात पारेका छन । विजेता टिमहरुले क्रमशः २३४,५६७ येन, १२३,४५६ येन र ४५,६७८ येन सहित ट्रफी र मेडल प्राप्त गरेका थिए ।
साथै उक्त प्रतियोगीतामा हाइ स्कोररमा हिगासी एफ सीका लक्ष्मण थापा, बेस्ट किपरमा किता क्युस्युका बिबेक लामा, बेस्ट म्यानेजर ओहासीका सन्देश केसी र मस्ट भ्यालुएबल प्लेयर ओहासीका बिसाल सुनारले ट्रफी प्राप्त गरेका छन । साथै उक्त प्रतियोगीतामा फुकुओकाकै इतिहासमा पहिलो पटक भेटेरान फुटसल पनि आयोजना गरीएको थियो ।
केआइइसी इगल्स फुटबल क्लबले अन्य समयमा पनि विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि कार्यक्रमहरुमा अग्रसर रहने योजना रहेको संयोजक थापाले बताउनु भयो ।

,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *