無料イラスト【イラストAC】


जुन ८
फुकुओका
जापानका विभीन्न शहरहरुमा प्रदर्शन भै बाकी शहरहरुमा प्रदर्शन तयारी गरीराखेको जातीय विभेद र सामाजीक न्यायलाई कथामा समेटीएको चलचित्र जापानको फुकुओकामा जुन २५ तारीक आइतबारका दिन सुदुर पश्चिमेली समाज क्युस्युको आयोजनामा प्रदर्शन हुन लागेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष कबीराज अवस्थीले जानकारी दिनुभयो । फुकुओकामा हुने प्रदर्शन जुन २५ तारीक बेलुका ठिक ६ बजेबाट मिनामी सिमीन सेन्टरमा हुनेछ । प्रवेशका लागी साधारण टिकट २,००० येन, स्पेशल टिकट ५,००० येन र भाषा विध्यालयका विध्यार्थीहरुका लागी विशेष छुट सहित १,५०० येन तोकीएको जानकारी आयोजकले दिएको छ ।
सुर्दशन थापाको निर्देशनमा विपीन कार्की, केकी अधिकारी, अपर्ण थापा लगाएतका विभीन्न कालाकारहरुको अधिनय रहेका छ ।
जातीय मुद्धा र सामाजीक न्यायका गम्भीर विषयलाई निकै शसक्त रुपमा प्रस्तुत गरेको चलचित्र प्रसाद २ चार वर्ष पहिलाको चलचित्र प्रसादको दोस्रो भाग भएको पनि भन्ने गरेको पाइन्छ ।
फुकुओकामा प्रर्दशन गर्न लागेको आयोजक संस्था स्थापनाकालबाट नेपाल र नेपालीको पहिचान बचाउन जापानीज समुदायमा विभीन्न कला संस्कृतीहरुको प्रदर्शन गर्दै आइरहेको सस्था भएको र आगामी दिनमा पनि विभीन्न कार्यक्रमहरु गर्दै अगाडी बडने योजना रहेको अध्यक्ष अवस्थीले बताउनु भयो ।

写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *