अगस्ट १५
फुकुओका
फुकुओकामा नवौं समर कप मिति २०२५ सेप्टेम्बर ६ मा हुने भयको छ । विगत १० वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको प्रतियोगीता फुकुओकाको फुटसल इतिहासमा एक पहिचानको रुपमा रहेको छ । यस वर्षको प्रतियोगीताको आयोजना तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो ।
विगतका वर्षमा भव्य र सभ्य रूपमा सम्पन्न गरेको फुटसल प्रतीयोगीतामा यस वर्ष जापानको विभिन्न ठाउँका गरी करिब २४ टिमले सहभगिता जनाउने अपेक्षा गरिएको र टीम दर्ता शुल्क ४५,००० येन रहेको जानकारी टिम म्यानेजर घलेले दिनुभयो ।
उक्त प्रतियोगीताको टिम दर्ता अगस्ट ३१ तारीक सम्म रहेको छ र टाइसीट सेप्टेम्बर ३ तारीकका दिन गरीने छ । यस वर्ष पनि पुरुस्कार राशि प्रथम ५,११,१११येन र दिप्तिय २,११,१११ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र साथै विभिन्न विधामा पनि पुरुस्कार रहेको जानकारी राईले दिनु भयो ।
यस कल्बले हरेक वर्ष प्रतियोगीताको आयोजना गर्दै आइरहेको र विभीन्न समयमा फुकुओका तथा नेपालमा समस्यामा परेका नेपालीहरुलाई आर्थीक तथा भौतिक सहयोग गर्दै आइरहेको आयोजकले बताएको छ ।
