無料イラスト【イラストAC】

फुकुओका
२०२३ अक्टोबर १९
सातौ ओहासी कप मिति २०२४ नोभेम्बर २३ सनिबारमा हुने भयको छ । विगतका ८ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यसपाली पनि आयोजना गर्न लागेको कार्यक्रमका म्यानेजर सन्देस केसीले जानकारी दिनुभयो । विगतका वर्षमा भव्य र सभ्य रूपमा सम्पन्न गरेको फुटसल प्रतीयोगीतामा यस वर्ष जापानको क्युस्यु क्षेत्रका फुटसल टिमलाई मात्र सहभागीता गराउन लागेको पनि बताउनु भयो । प्रतियोगीतामा टीम दर्ता शुल्क ३५,००० येन रहेको जानकारी कार्यक्रम संयोजक केसीले दिनुभयो । यस वर्ष पुरुस्कार राशि प्रथम ३,००,०००येन र दिप्तिय १,५०,००० येन सहित ट्रफि, मेडल र प्रमाण पत्र साथै विभिन्न विधामा पनि पुरुस्कार रहेको जानकारी केसीले दिनु भयो ।
यस प्रतियोगीता सँगसँगै यस वर्ष पनि भाग्यसालि चिठा उक्त दिन खोल्न लागेको जानकारी म्यानेजर केसीले बताउनु भयो । भाग्यसाली चिठाको मुल्य ५०० येन रहेको र प्रथम पुरुस्कार खसी रहेको छ । भाग्यसाली चिठा प्रतियोगीताको पुरुस्कार वितरण समारोहमा गोलाप्रथाबाट गरीने र उक्त गोलाप्रथा विजेता टिमको टिम म्यानेजरबाट गराउने योजना रहेको पनि बताउनु भयो ।
फुटसलका लागी टिम दर्ता गराउन तथा भाग्यसाली चिठा किन्नका लागी आयोजक टिमलाई सामाजीक सञ्जाल तथा प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी पनि आयोजक टिमले दिएको छ ।
(नोट – खसी जापानको नियम अनुसार काट्न पाउने ठाँउमा काटी ल्याएको सिङ्गै हुनेछ ।)

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *