जापान
अप्रिल १५
फुकुओकामा १३औँ नेपाल फेस्टिवल फुकुओका २०२६को तयारी पुरा भएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुँदै आएको नेपाल फेस्टिवल आगामी २०२६ अप्रिल १८ र १९ तारिखमा फुकुओकाको मुटु तेन्जिन सहरमा सञ्चालन हुन लागेको छ। फेस्टिवल बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रवेश शुल्क रहेको छ।
नेपाल फेस्टिवल फुकुओका २०२६को मुख्य आयोजक रहेको यस कार्यक्रममा एनआरएनए क्यूशु, फुकुओका नेपाल सोसाइटी, नेफिन क्यूशु लगायत फुकुओकामा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूको सहकार्य रहेको छ।


त्यसैगरी, कार्यक्रमलाई जापानस्थित नेपाली दूतावास, फुकुओका प्रिफेक्चर, फुकुओका आप्रवासन कार्यालय लगायतका निकायहरूको समन्वय तथा सहयोग रहने जनाइएको छ।
फेस्टिवलमा नेपाली परम्परागत कला, सांस्कृतिक प्रस्तुति, लोकनृत्य, संगीत, हस्तकला प्रदर्शनी, नेपाली परिकारका स्टलहरू तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विविध गतिविधिहरू समावेश गरिनेछन्। साथै विभिन्न संघ–संस्था तथा व्यवसायिक स्टलहरू पनि रहनेछन्।
आयोजकका अनुसार फेस्टिवल अवधिभर पार्क क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री तथा बाहिरबाट ल्याएर सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *