फुकुओका, जापान — नेपाली कला, संस्कृति र मनोरञ्जनलाई जापानमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्यले फुकुओकामा ‘प्रथम सुपरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना हुने भएको छ।

आगामी अक्टोबर १७ शनिबार फुकुओकास्थित हाकाता सिमीन सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार चक्र बम र रेखा जोशी को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, बाढीपीडितका लागि हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत रहने बताइएको छ।

कार्यक्रम बेलुका ६ः०० बजेदेखि ९ः४५ बजेसम्म सञ्चालन हुनेछ। विद्यार्थीका लागि टिकट शुल्क १,५०० येन, सामान्य टिकट २,००० येन र कार्यक्रमस्थलमा खरिद गर्दा २,५०० येन तोकिएको छ।

कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज क्षेत्रिय कार्यसमिति क्युस्युको आयोजनामा हुन लागेको हो। उक्त कार्यक्रमलाई विभिन्न नेपाली संघसंस्था तथा व्यवसायिक संस्थाहरू र फुकुओकामा बसोबास गर्ने नेपाली समाजसेवीहरुको सहकार्य र समर्थन रहेको कार्यक्रममा जापानमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमले नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नेपालका बाढीपीडितप्रति सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने उद्देश्यसमेत बोकेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि शिवराज :०९०–९४०४–८६६६ , रेशम :०८०–४२७२–९८४८ र ईश्वर :०७०–२३४७–४३९२ मा सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम : प्रथम सुपरपश्चिम सांस्कृतिक साँझ २०२६
मिति : अक्टोबर १७, शनिबार
स्थान : हाकाता सिमीन सेन्टर
समय : साँझ ६ः००–९ः४५ बजे
विशेष कलाकार : चक्र बम र रेखा जोशी

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *