फुकुओका
सेप्टेम्बर १
फुकुओेकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले २०८३ भाद्र १० गतेका दीन भोटेकोसी नदीमा आएको बाढी प्रभावीतहरुलाई सहयोग स्वरुप नेपाली रुपैया २,००,८५८ (अक्षरुपी दुइ लाख आठ सय अन्ठाउन्न रुपैया) प्रधान मन्त्री राहात कोष मार्फत सहयोग गरेको कुरा फुकुओका नेपाल सोसाइटीका अध्यक्ष दिपक बिकले बताउनु भयो ।
फुकुओका नेपाल सोसाइटीको संचालनमा रहेको सुखदुःख कोषबाट ६०,००० येन र अन्य सहयोगी दाताहरुबाट संकलीत रकम २०२६ सेप्टेम्बर १ तारीकका दिन सहयोग पठाइएको जानकारी दिनु भयो । साथै आगामी सेप्टेम्बर १२ मा हुन लागीरहेको फुनेसो तिज कार्यक्रमबाट भएको फाइदाको केही प्रतिशत रकम पनि प्रभावीत क्षेत्रमा पठाउने योजना रहेको कुरा अध्यक्ष बि कले बताउनु भयो ।
फुकुओका नेपाल सोसाइटी स्थापनाकालबाट नै देशमा होस या विदेशमा रहेको नेपालीहरुको सुखदुःखमा साथ दिदै आइरहेको संस्थाको रुपमा परिचीत संस्था हो ।


