फुकुओका
सेप्टेम्बर २४
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा यहि सेप्टेम्बर २८ तारीक आइतबारका दिन डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको गाउले रेस्टुरेन्ट मिनोसीमामा आयोजना गर्ने भएको छ ।
बिगतका बर्षहरु मा जस्तै दशै कार्यक्रमलाई निरन्तरता दिदै यस बर्ष पनि गर्न लागेको र प्रदेशमा रहे पनि आफ्नै देशमा, आफ्नै परिवार सङ्गै रहेको अनुभुति गराउनुका साथै प्रवासमा रहेर पनि आफ्नो देशको संस्कृतिलाई माया गर्दै निरन्तरता दिने उद्देश्यले गैर आवासिय नेपाली संघ क्युस्युले यस कार्यक्रम आयोजना गर्न लागेको संस्थाका सचिब सुर्य कॅवरले बताउनु भयो ।
यस्ता साँस्कृतिक चाडपर्वले क्युस्युबासि नेपालिहरुमा आत्मियता, सहिष्णुता, भाईचारा र प्रेम बढाउनमा टेवा पुग्ने बताउँदै विजयादशमीको पावन अबसरमा गर्न लागिएको डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुनको लागि सम्पुर्ण क्युस्युबासिमा आह्वान गरेको संस्थाका संयोजक कृष्ण हरि पाठकले बताउनु भएको छ ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *