無料イラスト【イラストAC】


जापान
अगष्ट १४
गैर आवासीय नेपाली संघ ९एनआरएनए० आइसीसीको सह कोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६, घारमा जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का हाल एनआरएनए आइसीसी एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक र म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीसी बरीष्ठ उपाध्यक्ष लगाएत जापानमा विभीन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
संस्थालाई थप प्रभावकारी र गतिशिल बनाउन आफुले उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । आफुले यसअघि एनआरएनएमा रहेर गर्नुपर्ने काम र गर्नुपर्ने जिम्मेवारी निस्वार्थ र इमानदारीता पुर्वक पुरा गरेको उहाँको भनाइ छ । सामाजिक क्षेत्रमा क्रियाशिल खड्का करिब ३३ वर्षदेखि जापानमा रियलस्टेट र रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ ।
खड्काले एनआरएनए मार्फत समाज परीवर्तन र आफ्नो जन्मभुमीको सेवा गर्न र प्रवासमा छरिएर रहेका नेपालीहरुको हकहित र अधिकार स्थापित गर्न तथा यो कार्यकालमा बाँकी रहेका अधुरा काम र योजना सम्पन्न गर्न सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो । ५७ वर्षिय खड्काले विभीन्न देशमा छरीएर बस्नु भएका गैरआवासीय नेपालीहरुलाई सहयोगको आह्वान गर्नुभएको छ । उहाँको मुख्य एजेन्डाको रुपमा विदेशमा सिकेका सिप सदुपयोग गरी जन्मभुमी रोजगारी सिर्जना गर्न सहकार्य गर्ने उहाँले बताउनुभयो । एनआरएनए आइसीसीको आगामी अक्टुबर १७,१८र१९ तारीकमा नेपालमा महाधिवेशन हुँदैछ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *