कुमामोतो
अगस्ट १६
स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ कुमामोतो क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो कुमामोतो क्रिकेट टुर्नामेन्ट २०२५ को आयोजना २०२५ सेप्टेम्बर महिनाको १३ र १४तारीकका दिन कुमामोतोको होकुबु पार्कमा भएको खेल मैदानमा गर्ने गरी तयारी अगाडी बढाएको जानकारी क्लब म्यानेजर सागर बस्यालले बताउनु भयो ।
पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण पनि आयोजना गर्ने उर्जा मिलेको र दोस्रो संस्करणमा प्रथम पुरस्कार २० मान येन, दिप्तीय पुरस्कार १० मान येन र विभीन्न विधामा पुरस्कार रहेको छ । उक्त प्रतियोगीताकोे दर्ता शुल्क ४०,००० येन राखीएको छ ।
