जापान
जुलाई २
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रोे अधिवेशन २०२३ अगस्ट ६ तारीक आइतबारका दिन दियालो रेस्टुरेन्टमा बिहान ११ बजेदेखी गर्ने गरी तय गरीएको मोना नागोयाका सचिब सागर थापा बगालेले बताउनु भयो
म्याग्दी जिल्लामा स्थायी बसोबास भै हाल विभिन्न पेसा व्यवसायले विश्वका विभिन्न देशमा रहनु भएका म्याग्देलीहरुलाई एकजुट बनाई जिल्लाको सुखदुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको यस संस्था विश्वका विभिन्न देशमा गठन भयको र जिल्ला लगायत देशमा परेको समस्याहरूमा परदेशबाट नै हातेमालो गर्दै अगाडी बढिरहेको छ । जापानमा पनि केन्द्रीय कार्यसमिति भन्दा बाहिर विभिन्न सहरमा क्षेत्रिय कार्यसमितिहरु गठन भई सामाजिक कार्यमा लागिरहेको छ ।
“प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा सहित २०१६ मा गठन भयको क्षेत्रिय समिति नागोया दोस्रो कार्यकाल सम्पन्न गर्ने संघारमा छ । हाल सम्म गरिरहेको कार्यहरूलाई निरन्तरता दिदै अन्तराष्ट्रिय कार्यसमितिको उदेश्य र मर्मलाई मनन गर्दै आगामी दिनमा विभिन्न कार्यहरू गर्दै जाने योजना रहेको मोना नागोयाका संयोजक राम किसानले बताउनु भयो ।