無料イラスト【イラストAC】m0na-kyushu

फुकुओका

२०२५ फेब्रुअरी ६

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक दिपक बिकले बताउनु भयो ।

म्याग्दी जिल्लामा स्थायी बसोबास भै हाल विभिन्न पेसा व्यवसायले विश्वका विभिन्न देशमा रहनु भएका म्याग्देलीहरुलाई एकजुट बनाई जिल्लाको सुखदुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको यस संस्था विश्वका विभिन्न देशमा गठन भयको र जिल्ला लगायत देशमा परेको समस्याहरूमा परदेशबाट नै हातेमालो गर्दै अगाडी बढिरहेको छ । जापानमा पनि केन्द्रीय कार्यसमिति भन्दा बाहिर विभिन्न सहरमा क्षेत्रिय कार्यसमितिहरु गठन भई सामाजिक कार्यमा लागिरहेको छ ।

“प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना” भन्ने मूल नारा सहित २०२० मा गठन भयको क्षेत्रिय समिति क्युस्यु दोस्रो कार्यकाल सम्पन्न गर्ने संघारमा छ । हाल सम्म गरिरहेको कार्यहरूलाई निरन्तरता दिदै अन्तराष्ट्रिय कार्यसमितिको उद्देश्य र मर्मलाई मनन गर्दै आगामी दिनमा विभिन्न कार्यहरू गर्दै जाने योजना रहेको संयोजक बिकले बताउनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *