無料イラスト【イラストAC】


फुकुओका
मार्च २४
मिति २०२४ अप्रिल ६ तारीकका दिन फुकुओकाको तेन्जीन च्युओ पार्कमा आयोजना हुन लागेको ११ औं नेपाल फेस्टीबल फुकुओकामा दोस्रो नेपाल आइडल विजेता रवि ओडको साँगीतिक प्रस्तुती रहने भएको छ । उक्त फेस्टीबलमा ओडका साथ साथै चर्चित गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, माधव सिग्देल र गायीका काजल गुरुङ्गको सांगीतिक प्रस्तुति सहित विभीन्न स्थानीय कलाकार तथा जापनीज प्रस्तुतिहरु रहने नेपाल फेस्टीबल फुकुओकाका सांगीतिक संयोजक कृष्ण पाठकले बताउनु भयो ।
फेस्टीबलमा लाइभ दोहोरी, लाइभ पञ्चेबाजा, विभीन्न अन्य प्रस्तुति सहित नेपाली तथा जापनीज रेस्टुरेन्टहरु रहने कुरा फेस्टीबल संयोजक विवेक बुढाथोकिले बताउनु भयो । यस फेस्टीबलले फुकुओकामा रहेका नेपाली र जापानीज समुदायमा सम्बन्ध विस्तारमा सहयोग पुराउने उद्देश्य रहेको कुरा फेस्टीबल संयोजक बुढाथोकिले बताउनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *