無料イラスト【イラストAC】FNFA


फुकुओका

जुलाई ३


फुकुओकामा खेलकुदको माध्यमबाट ”भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सञ्चालन हुने भएको छ । विभीन्न फुटसल क्लबका प्रतिनीधिहरु बिच भएको बैठकबाट तिन सदस्यीय लिग व्यवस्थापन समिति गठन गरी लिग गर्न लागीएको व्यवस्थापन टिमका संयोजक रोजीन थापा मगरले बताउनु भयो ।


लिगमा फुकुओकामा भएका ९ वटा टिमहरु (१. श्री गणेश खुकुरी फुटबल क्लब, २. ओहासी फुटबल क्लब, ३. युनाइटेड फुटबल क्लब, ४. कुरुमे फुटबल क्लब, ५. गोनिन फुटबल क्लब, ६. गोर्खा ब्रदर्श फुटबल क्लब, ७. हिगासी फुटबल क्लब, ८. इभि फुटबल क्लब र ९. केआइइसी इगल्स फुटबल क्लब) को सहभागीता रहने छ । खेल प्रत्येक हप्ता ४ वटा खेलाइने र प्रत्येक हप्ता १ टिमले आराम गर्ने गरी खेलको तालीका व्यवस्थापन गर्ने योजना रहेको व्यवस्थापन समिति सदस्य अरुण क्षेत्रीले बताउनु भयो ।


पहिलो पटक भएको लिगमा गोर्खा ब्रर्दश फुटबल क्लब लिग च्याम्पीयन भएको थियो । यस पटक पनि विभीन्न चरणमा खेल खेलाइने र प्रथम हुने टिमले ट्रफि, मेडल र प्रमाण पत्र साथै लिगको लोगो प्रिन्ट गरेको जर्सी १५ सेट खेलाडीलाई र २ सेट ट्राक सुट म्यानेजर र कोचको लागी प्राप्त गर्ने छन । दिप्तीय, तृतिय र चौथो स्थानमा रहने टिमका लागी फुटसल लिगमा सहभागी जनाएका कल्बको आयोजनामा विभीन्न समयमा आयोजना हुने फुटसल प्रतियोगीताको प्रवेश शुल्कमा ५,००० येन छुट दिइने जानकारी दिनुभयो । लिग करीब ६ महिनाको अवधिसम्म चल्ने छ । साथै विभीन्न विधामा पनि पुरस्कारको व्यवस्था गर्ने योजना रहेको व्यवस्थापन समिति सदस्य प्रदिप राइले बताउनु भयो । साथै यस अबसरमा फुकुओकामा हुनुभएका विभीन्न व्यवसायदाता तथा सरोकारवाला निकायहरुलाई पनि सहयोगका लागी हार्दिक अपिल गरीएको छ ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *