大雨九州2023年


फुकुओका
जुलाई १

पश्चिम जापानको क्युस्यु क्षेत्रमा जुन ३० तारीकबाट लगतार परेको झरीका कारण जनजिवन कष्टकर बनेको छ । जापानीज समाचारहरुका अनुसार झरी अझै २४ घण्टा निरन्तर रहने र झरी अझै बढने सम्भाबना रहेको पाइन्छ । झरीका कारण सागा, कुमामोतो, फुकुओका, ओइता, मियाजाकी लगाएतका क्षेत्रमा जुन ३० तारीक विभीन्न विध्यालयहरु बन्द रहेका थिए । साथै जुलाई १ तारीक पनि बिहानैबाट झरीका कारण रेल, बस जस्ता दैनिक जीवनमा अत्यावश्यक कुराहरु पनि समय तालीका अनुसार सञ्चालनमा आउन नसकेका कारण कम्पनी जाने घरबाट निस्कीएका मानिसहरु तोकीएको समयमा पुग्न कठिनाइ भै रहेको छ ।


झरी यसै अवस्थामा लगतार परी रहेमा खोला तथा समुन्द्र किनारका क्षेत्रमा खतरा बडेमा आकस्मीक सुचनाहरु पनि प्रवाह हुन सक्ने जापानीज संचार माध्यमले बताएका छन । साथै तपाईहरु पनि सार्वजनीक यातायातको प्रयोग गरी कहिकतै जाने योजनामा हुनुहुन्छ भने पुग्नु पर्ने समय भन्दा अगाडी नै निस्कनु होला । अत्यावश्यक बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कनुहोला । साथै आकस्मीक सुचना प्रवाह भएको अवस्थामा नआतिकन सुरक्षा कर्मचारीहरुको निर्देशन पालना गर्नुहोला ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *