無料イラスト【イラストAC】


फुकुओका
जुन २९
गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ गरीमामय अधिवेशन २०२३ जुन ११ तारीक आइतबारका दिन सम्पन्न हुने भएको छ । विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैर आवासीय नेपाली संघ जापानमा करीब १५०,००० जना नेपालीहरु भएको अवस्थामा विभीन्न क्षेत्रमा क्षेत्रीय कार्यसमितिहरु गठन भएका छन । जापानमा भएका १ राष्ट्रिय कार्यसमिति र १२ वटा क्षेत्रीय समितिमा सबै भन्दा राम्रो काम गर्ने क्षेत्रीय समितिमा क्युस्यु कार्यसमितिले विगत २ कार्यकालबाट पहिचान बनाउन सफल भएको समिति हो ।

हाल सम्म क्युस्यु क्षेत्रमा हुने विभीन्न सामाजीक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने विभीन्न कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा सहयोग गर्ने क्रममा सबै भन्दा पहिला सुनीने नाम हो । यस समितिले अभिवेशन मिति तोकी अधिवेशन आचार संहिताका लागी वेवसाइट https://nrnakyushuelection.com/ बनाएर तयारी तिव्र पारीएको संस्थाका संयोजक अर्जुन बगालेले बताउन भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *