無料イラスト【イラストAC】


फुकुओका
अप्रिल २१
मौलीक शब्द तथा परदेशमा रहदै गर्दा विभीन्न मार्मीक गित संगीतहरुबाट परदेशीको पीडा सुनाउन माहिर गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्दमा गायक माधव सिग्देलको स्वरमा नयाँ सांगीतिक कोसेली नाती सार्वजनीक भएको छ ।
विगत १ दशक देखी जापानको फुकुओकामा बसोबास गर्दै आइरहनु भएका गायक सिग्देलको नयाँ कोसेलीमा परदेशमा बसी बच्चा जन्मीए पछि जन्म दिने बाबा आमाको साथीको रुपमा नाती लगेर गएको एउटा मार्मीक सन्देश गित मार्फत दिनु भएको छ ।
अहिलेको अवस्थामा नेपालको विक्राल समस्यामा रहेको वैदेशिक रोजगारीमा गइ उत्तै विवाह गरी परिवारका सदस्यहरु बढीरहेको अवस्थामा उहाँको गितले आँखा नरसाउने कमै बाबा आमा होलान । यसै क्रममा २०२४ अप्रिल ६ तारीक जापानको फुकुओकामा सम्पन्न भएको नेपाल फेस्टीबल फुकुओका २०२४ मा पनि १ टुक्का गाउदै गर्दा कसैका आँखा ओभानो थिएन ।
सिग्देल दाजुभाई जापानमा रहेता पनि विभीन्न समयमा जापानको समस्याहरु तथा मार्मिक शब्दहरुका विभीन्न सांगीतिक कोसेलीहरु बजारमा ल्याउदै आइरहनु भएको छ ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *