無料イラスト【イラストAC】

अप्रिल १५
फुकुओका
पश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु मिनातो माचुरीमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ४ तारीकका दिन सहभागी रहने योजना रहेको छ । फुकुओका नेपाल सोसाइटीले विगतका वर्षबाट नेपाली समुदायको प्रतिनिधीत्व गर्दै सहभागीता जनाउदै आइरहेको र उक्त अवसरमा फुकुओकामा विभीन्न संघ संस्थाका प्रतिनीधिहरुले सहभागीता जनाउदै आइरहेका छन । कार्यक्रममा यस वर्ष पन्चेबाजा, विभीन्न जातजातीको झाँकी सहित सहभागी भएर नेपाल र नेपालीहरुको पहिचानलाई जापान र जापानी समुदाय बिचमा थोरै मात्रामा भए पनि चिनाउने योजना रहेको फुकुओका नेपाल सोसाइटिका अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो ।
झाँकि सहित सहभागी सम्पुर्णले फुनेसोले तयार पारेको नेपालको झन्डा, सगरमाथा, बुद्ध, लगायतका विभीन्न फोटोहरु लिएर सहभागीता जनाएका जनाउने योजना रहेको छ । साथै यस वर्ष परेडमा गाडी पनि राखी नेपाली गित सँगीत पनि जापानी समुदायमा चिनाउन प्रयास गरीने कुरा फुनेसो सचिब उज्ज्वल बानियाँले बताउनु भयो । यस हाल सम्मको अनुभबलाई प्रयोग गर्दै यस वर्ष अझै राम्रो व्यवस्थापन सहित सहभागीता जनाई जापानी समुदायमा नेपाल र नेपालीलाई चिनाउन क्युस्युमा अवस्थीत अन्य नेपाली संघ संस्थाहरुसँग पनि सहकार्य गरी अगाडि बढन संस्थाका अध्यक्ष घलेले अनुरोध गर्नु भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष सहभागीता संख्या पनि वृद्धि गरेको कारण सहभागीता जनाउन चाहानु हुने सम्पुर्णलाई अनिवार्य गुगल फारम भरी निम्न मिति, समय र स्थानमा अनिवार्य नेपाली पहिचान सहितको पहिरन अथवा जातजातीका पहिरनमा उपस्थीत हुनका लागी पनि फुनेसोले अनुरोध गरेको छ ।
मिति : २०२४ मे ४ तारीक शनिबार
समय : दिनको २:३० बजे
स्थान : हाकाता रेइसेन पार्क
गुगल फारम

https://forms.gle/T1Woah17QkPBbkfN8

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *