जापान।

दाजुभाइ फुटबल क्लब (Dajubhai Football Club) को आयोजनामा जापानको फुकुओका स्थित किताक्याक्सु (Kitakyushu) मा “१st Dajubhai Futsal Tournament 2026” आयोजना हुने भएको छ।

“Play Hard, Respect All, Win Together!” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको यस प्रतियोगितामा जापानमा रहेका विभिन्न नेपाली खेलकुद प्रेमी तथा फुट्सल टोलीहरू २४ टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिनुभयो ।

प्रतियोगिता विवरण:

  • कार्यक्रम मिति: २०२६ अक्टोबर ११ (2026/10/11)
  • समय: बिहान ९:०० बजेदेखि (KICK OFF: 9:00 AM)
  • स्थान: Kitakyushu-shi, Kokurakita Ward, Higagari 3 Chome-7-7 (北九州市小倉北区東港 3-7-7)
  • टिम दर्ता गर्ने अन्तिम मिति: २०२६ सेप्टेम्बर २५ (9/25)
  • टाई-शीट (Tie Sheet) प्रकाशन: २०२६ अक्टोबर ७ (10/7) मिति परिवर्तन गरीएको

पुरस्कार तथा विधा:

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कार तथा ट्रफीको व्यवस्था गरिएको छ:

  • प्रथम पुरस्कार (1st Prize): ¥६५५,५५५ (नगद तथा ट्रफी)
  • द्वितीय पुरस्कार (2nd Prize): ¥२५५,५५५ (नगद तथा ट्रफी)
  • अन्य विधाहरू:
    • बेस्ट किपर (Best Keeper)
    • बेस्ट प्लेयर (Best Player)
    • हाई स्कोरर (High Score)
    • फेयर प्ले टिम (Fair Play Team)

सम्पर्कका लागि:

प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ:

  • Ramesh Thapa: 090-9493-2052
  • Rabin GC: 080-4274-9299

आयोजक दाजुभाइ फुटबल क्लबले जापानमा रहेका सम्पूर्ण खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अपिल गरेको छ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *