無料イラスト【イラストAC】


अक्टोबर २७
पोखरा
फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोषको आयोजनामा दुखीहरुको साहारा मानव सेवा आश्रम पोखरा हेम्जामा विजया दशमी तथा शुभ दिपावली २०८०को पावन अवसरमा १ दिने भोजन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मानव सेवा आश्रम पोखराको साहारामा रहनु भएका १०६ जनाले भोजन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा फुनेसो पुर्व अध्यक्ष मोती श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद शर्मा, फुनेसो आजिवन सदस्य रमेश भण्डारी, हालको उपाध्यक्ष दिपक बिक, उपाध्यक्ष प्रेमराज दाहाल लगाएतका व्यक्तित्वहरुको सहभागीता रहेको फुनेसो उपाध्यक्ष दाहालले बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै संस्थाको तर्फबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा गरीएको आश्रमका प्रमुख ज्युले बताउनु भयो । साथै उक्त अवसरमा संस्थाका आजिवन सदस्य रमेश भण्डारीले व्यक्तीगत रुपमा पनि विभीन्न खाध्यन्नहरु सहयोग गर्नु भएको थियो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *