मे १२
नागोया
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest २०२५’ भव्यताका साथ २०२५ मे ११ तारीकका दिन नागोयामा सम्पन्न भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गरीएको मोना नागोया संयोजक सागर थापा बगालेले जानकारी दिनु भयो ।
स्माइल मोबाइल रेमिटान्स मुख्य प्रायोजक रहेको उक्त स्पिच कन्टेस्ट अर्थात् वक्तित्वकला प्रतियोगितामा सहभागी हुनका लागि खुल्ला छनोट प्रक्रिया पुरा गरि शीर्ष ५ मा परेका प्रतियोगीहरुलाई एक औपचारिक कार्यक्रममार्फत प्रतिश्पर्धा गराई पुरस्कार वितरण गरीएको थियो ।
उक्त प्रतिस्पर्धामा सान्तवना पुरस्कार सरिता श्रेष्ठ र पुष्पा लामा, तृतिय भीष्म तीवारी, दीप्तीय श्री श्रेष्ठ र प्रथम बिसाल सुन्दास हुनु भएको थियो । प्रतिस्पर्धामा प्रथम, दिप्तीय र तृतिय हुने सहभागीले क्रमशः १० मान येन, ७ मान येन र ५ मान येनका साथसाथै सहभागी सबैलाई मायाको चिनो र प्रमाण पत्रले सम्मान गरीएको थियो ।

उक्त औपचारीक कार्यक्रम मोना नागोयाका संयोजक सागर थापा बगालेको अध्यक्षता, मोना अन्तराष्ट्रिय कार्यकारी समिति उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता, मोना नागोया सचिब सागर भण्डारीको स्वागत मन्तव्य र मोना जापान महासचिब सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा महावीर पुनको जीवनीमा आधारीत पुस्तक आयोजकको तर्फबाट खरीद गरी सहभागीहरुलाई वितरण गरीएको थियो । साथै जिल्लामा खेलकुदमा सक्रिय रही हाल जापानको नागोयामा रहनु भएका क्रिकेट खेलाडी जस्मीन थापालाई मोना नागोयाको तर्फबाट सम्मान गरीएको थियो ।
उक्त कार्यक्रम समापनमा बोल्दै मोना नागोया संयोजकले सम्पुर्ण सहभागीहरुलाई आगामी दिनमा पनि निरन्तरताको शुभकामना सहित यस महत्वपुर्ण कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
