無料イラスト【イラストAC】


फुकुओका
जुन २४
जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको जानकारी फुनेसोका अध्यक्ष माधव सिग्देलले बताउनु भयो ।
अगिल्लो कार्यकाल सम्म एकवर्षे कार्यकाल रहेता पनि जापानको व्यस्त समयमा एक वर्षे कार्यकालमा केहि कार्यक्रमहरु गर्ने चाहाना हुदाँ हुदै पनि समयको अभावका कारणले कार्यक्रम गर्न बाधा पुगेका कारणले गर्दा २६ औं अधिवेशनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको र यस कार्यकालमा सोचे भन्दा राम्रो कार्यहरु गर्न हालको कार्य समिति सफल भएको फुनेसो निवर्तमान अध्यक्ष शिब शर्माले बताउनु भयो ।
यस कार्यकालमा कोरना भाइरसको महामारीका बिचमा पनि विभीन्न कार्यक्रमहरु जस्तैः स्युस्योकु सेमिनार, देउसी भैलो, हाकाता दोन्ताकुमा परेड सहित सहभागी, नेपाल फेस्टीबल फुकुओकामा सह आयोजकको भुमिका, तिज विशेष कार्यक्रम तथा अन्य विभीन्न कार्यक्रमहरु गर्न सफल भएको संस्थाका उपाध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो ।
अधिवेसनमा सहभागीताका लागी सम्पुर्ण सरोकारवाला निकायहरुलाई उपस्थितीका लागी संस्थाका अध्यक्ष सिग्देलले अनुरोध गर्नुभयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *