फुकुओका
मे ८
स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबले क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप र भाइचारा वृद्धी गर्ने उद्देश्यले आयोजना गरेको दोस्रो क्युस्यु क्रिकेट कपको उपाधी आयोजक फुकुओका क्रिकेट क्लबले हात पारेको छ । मे ६ तारीकका दिन गान्नोसु रिक्रिएसन सेन्टरमा भएको फाइनल खेल आयोजक र योसिजुका वारियर्स बिच भएको थियो । फाइनल खेलमा पहिला व्याटिङ्ग गरेको आयोजकले १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पच्छाएको योसिजुका वारियर्स ६२ रनमा अल आउट हुँदा आयोजकले उपाधी हात पारेको हो ।
क्युस्युमा रहेका १२ वटा क्रिकेट क्लबहरुको सहभागीतामा सम्पन्न उक्त प्रतियोगीतामा प्रथम र दिप्तीय हुने टिमले क्रमशः २२२,२२२ येन र १११,१११ येन प्राप्त गरेका थिए । उक्त प्रतियोगीतामा वेस्ट व्याटसम्यान फुकुओका क्रिकेट क्लबका केशब जंग खत्री, वेस्ट बलर राइजीङ्ग स्टार क्रिकेट क्लबका निरज बम ठकुरी, प्लेयर अफ द टुर्नामेन्टमा योसिजुका वारीयर्सका अनिल पटेल, फाइनल खेलको म्यान अफ द म्याचमा सन्दीप पन्त हुनुभएको थियो ।

स्थापना कालबाट नै विभीन्न प्रतियोगीतामा सहभागीता सहित आयोजना पनि गर्दै आइरहेको फुकुओका क्रिकेट क्लबले आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको र आगामी दिनमा नव आगन्तुक खेलाडीहरुलाई पनि समेटदै जाने म्यानेजर मिराज सेडाइले बताउनु भयो ।

