नोभेम्बर १५
फुकुओका

फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन एभरेस्ट करी फोलेओ हाकाता र नाङ्गलो घर योसीजुकामा भव्यताका साथ सम्पन्न गरेको छ । नेपालको जाजरकोट र पश्चिम रुकुम जिल्लामा गएको भुकम्पमा परी आफन्तजन तथा घनजनको क्षति व्यहोरेका नेपालीहरुको घाउमा मलम लगाउने उद्देश्यले संचालन गरीएको उक्त कार्यक्रमबाट संकलीत रकम पिडीतको सहयोगका लागी पठाउने योजना रहेको संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।


विगतका वर्षमा भन्दा यस वर्ष फुकुओकामा रहनुभएका अग्रजहरु, फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्षहरु ल्गायत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । उक्त कार्यक्रम सफल पार्नका लागी सहयोग गर्नुहुने कलाकार तथा फुनेसो पुर्व अध्यक्ष पुरुषोत्तम सिग्देल, कलाकार तथा निवर्तमान अध्यक्ष माधव सिग्देल लगाएत सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा रहेको संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *