無料イラスト【イラストAC】


फुकुओका
जुन २४
जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्टको फुकुओका सोको मिति तय भै तयारी तिब्र पारीएको फुकुओकाका लागी आयोजक कलस गु्रपले बताएको छ ।
पहिलो चरणमा अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक कलस गु्रपले बताएको र जुन ३० तारीक सम्ममा अनलाईन प्रयोग गरी टिकट किनेमा पहिलो चरण १००० येन छुट रहेको पनि बताउनु भयो । साथै टिकट सबै जसो अनलाइनबाट नै बिक्री वितरण गरीने र अनलाइनबाट किन्न असमर्थ धेरै व्यक्तिहरुलाई आयोजक टिमबाटै टिकट खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि फुकुओकाको विभीन्न स्थानबाट टिकट विक्री गरीने जानकारी दिनुभयो ।
गायक अमृत गुरुङ सहितको नेपथ्य व्याण्ड मानवताको लागि संगीत भन्ने नारा सहित जापान आउन लागेको उक्त व्यन्डको फुकुओकामा अगष्ट १२ सहित टोकियोमा अगष्ट ८ तारिक र ओसाकामा अगष्ट १७ तारीकका दिन विशेष लाईभ सांगितिक प्रस्तुती सहित उपस्थित हुँदैछ ।
नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङ सहित सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बास गितार), धुर्व लामा (ड्रम), निरज गुरुङ (लिड गितार) र शान्ति रायमाझी (मादल)को साथमा मञ्चमा प्रस्तुत हुनेछन् ।
उक्त अवसरमा अमृत गुरुङको साथमा नेपथ्य व्याण्डले जोमसोमे बजारमा हावा चल्यो सरर, तालको पानी माछिले खानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, चरि मर्यो सिसैको गोलिले, छेक्यो छेक्यो देउराली डाँडा देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले लगायत आफ्दा दुई दर्जन नयाँ पुराना सदाबहार लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । जसमा रेशम, भेडाको उन जस्तो, सा कर्णाली, रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो गीत फुकुओकाको फुकुओका सिमीन खाइखानमा गितहरु गुञ्जनेछन । उक्त कार्यक्रमको साधारण टिकट ७००० येन, भिआइपी टिकट १०,००० र भिभिआइपी टिकट ३०,००० येन रहेको आयोजकले बताएको छ ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *