無料イラスト【イラストAC】


फुकुओका
अप्रिल १४
फुकुओका नेपाल सोसाइटीको संयोजकत्व गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यकारी समिति क्युस्यु, क्युस्यु नेपाल मैत्री संघ, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत क्युस्युमा अवस्थीत अन्य संघसंस्थाहरुको संयुक्त आयोजना र नेपाली राजदुतावास टोकियो, अवैतनिक वाणीज्य दुतावास फुकुओका, फुकुओका प्रिफेक्चर, फुकुओका सीटि लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा आयोजना गरीएको १२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

२ दिने फेस्टिवलमा नेपाली रेस्टुरेन्ट, व्यावसायीक स्टल तथा अन्य सेवामुलक स्टल गरी ३३ वटा स्टलहरु रहेका थिए । २ दिन सम्म चलेको उक्त फेस्टिवलमा नेपालको ख्याती प्राप्त कलाकार प्रिती आले, हेमन्त शर्मा, उर्गेन दोङ्ग, विनीसा पौडेल लगायत जापानमा बसोबास गर्ने नेपाली, जापानीज तथा अन्य देशका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
२०११ सालमा देखी बैसाखे मेलाबाट सुरुवात भै १२ औं संस्करण सम्म आउदै गर्दा हालसम्मकै उत्कृष्ट कार्यक्रम भएको अनुमान गरीएको छ । यस पटक हाल सम्मकै फरक रुपमा स्टेजको दुवै छेउ तथा मुख्य प्रवेशद्वारमा स्क्रीनहरु राखी स्टेजमा गरीएको प्रस्तुतीहरुलाई प्रशारण गरीएको थियो । साथै फेस्टिवलको आकर्षणको रुपमा नेपालको पहिचान नेपाली धरहरा र नेपाली पौराणीक घर पनि राखीएको थियो । भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा २ दिन गरी करीब १५,००० जना भन्दा बढीले अवलोकन गरेको अनुमान गरीएको छ ।
उक्त फेस्टिवलको उदघाटन समारोहका नेपाली राजदुतावास टोकियो राजदुत महामहीम डा. दुर्गा बहादुर सुवेदी ज्यूको प्रमुख आतिथ्यता, फुकुओका प्रिफेक्चर, फुकुओका सीटि लगायतका प्रतिनीधिहरुको सहभागीतामा सम्पन्न गरीएको थियो ।

写真素材無料【写真AC】
, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *