無料イラスト【イラストAC】


ओसाका
जुन ५
बेनी फुटबल क्लब (बेनी एफसी) जापानको आयोजनामा विगतका वर्षमा जस्तै स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित जापानको ओसाका सहरमा तेस्रो बेनी एफसी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जुलाईको ९ तारिक आइतबारको दिन सम्पन्न हुन लागेको प्रतियोगितामा जापानका विभिन्न सहरबाट प्रतिस्ठीत क्लबहरुको सहभागीता रहने अपेक्षा गरीएको छ । गत वर्ष सम्पन्न प्रतियोगिता भन्दा ब्यबस्थापन थप मजबुत बनाउने र करिब ३० वटा क्लबको सहभागीता रहने क्लबका संयोजक मनोज बानियाँले जानकारी दिनु भयो ।
प्रतियोगीतामा प्रथम पुरस्कार ३ लाख ६० हजार येन तथा दितिय पुरस्कार १ लाख ९० हजार येन राखिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफि र नगद पुरस्कार सहित सम्मान गरिने छ । उक्त प्रतियोगीताको इन्ट्री शुल्क ३७,००० येन तोकिएको छ । उक्त रकमबाट थोरै रकम छुटाएर सहभागी खेलाडीहरुको १ दिने बिमा गर्ने योजना रहेको पनि बानियाँले बताउनु भयो ।
कार्यक्रम पश्चात बचेको रकम म्याग्दी जिल्लाको कुनै सामाजिक कार्यमा सहयोग गर्ने योजना रहेको संयोजक बानियाँले बताउनुभयो । खेल सम्पन्न गर्न जापानमा रहेका नेपाली संघ सस्थासंग आर्थिक तथा भौतिक सहयोग तथा समन्वयका लागी क्लवले अनुरोध गरेको छ ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *