無料イラスト【イラストAC】

जुलाई १५
जापान

काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२५ कार्यकालको एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ ।

श्रेष्ठ २००७ सालमा जापान आई २ वर्षको भाषा कक्षा सम्पन्न पश्चात २००९ सालमा फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको सदस्य पदबाट सामाजीक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । त्यस पश्चात निरन्तर रुपमा नेपाल र नेपालीको हितका लागी सामाजीक कार्यमा लागी रहनु भएको छ । एनआरएनए जापानमा पनि २०१९-२१ सदस्य र २०२१-२३ मा भै सामाजीक कार्यमा लाग्नुभएका श्रेष्ठले २०२३-२५ का लागी अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नुभएको छ । उहाका प्रतिवद्धताहरु निम्नानुसार रहेका छन ।

. आर्थिक पारदर्शिता

. संस्थाको आर्थिक कारोबार पारदर्शिता छर्लंग हुने गरी काम गर्ने छु । यो कार्य केन्द्र मात्र नभई सबै क्षेत्रीय समितिहरुलाई समेटने छु । यसको लागि प्रविधिको प्रयोग गरी  त्रैमासिक रुपमा आर्थिक रिपोर्ट बनाइ सम्पुर्ण सदस्यहरुलाई मेल मार्फत पठाउने व्यवस्था गर्ने छु । त्यस्तै महत्वपूर्ण कार्यकम सम्पन्न भएको एक हप्ता भित्र आर्थिक तथा प्रगती प्रतिवेदन प्रकशन गरिने छ ।

. क्षेत्रीय कमिटीहरुको प्रत्येक ६ महीनामा आर्थिक प्रतिवेदन तथा प्रगती प्रतिवेदन केन्द्रसंगको सम्न्वयमा वेवसाइट मार्फत प्रकाशन गरिने छ ।

. प्रत्येक क्षेत्रको बैंक खाता खोल्न सहकार्य गरीने छ । आर्थिक कारोबार बैंकबाट मात्र गर्ने गरी नितीगत परीवर्तन गरिने छ ।  

. जापान सरकार र नेपाल सरकारसंग समन्वय

. जापान सरकारको असमान नीतिहरुलाई नेपाल सरकारसंगको समन्वयमा परिवर्तनको लागी पहल गरिने छ ।

. दोहोरो कर प्रणालिलाई हटाउन सरकारी सरोकारवाला निकायहरुसंग छलफल तथा पहल गरिने छ ।

. शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा नेपालको बिकासको लागि समन्वय गरी बिज्ञ मार्फत अनुसंधानका लागी छलफल गरि संस्थागत तर्फबाट आवश्यक पहल गरिने छ ।

.जापान सरकार तथा विश्व बिध्यालयका प»ोपेसरहरु मार्फत जापान बासी नेपालीको हितमा गरीने विभीन्न अनुसंधानका लागी पूर्णरुपमा सहयोग गरिने छ । 

. सदस्यता नबिकरण

.हाल सम्म भइरहेको सदस्य बन्ने सीस्टम आईसीसीसंग समन्वय गर्दै वर्ष भरी नै सदस्यता वितरणको व्यवस्था गरीने छ । एक वर्ष बनेका सदस्यहरुलाई अर्को वर्ष पुन सुरुवातबाट नभै नबिकरण मात्र गरे हुने व्यवस्था गरीने छ ।

. एनआरएनएले दिने सेवामा पहिलो प्रथामिकता एनआरएनएका सदस्यहरुलाई दिइने छ ।

. सदस्यहरुलाई सुख दुखमा सहयोगका लागि छुटै कोषको ब्यबस्था गरिने छ ।  

. क्षेत्रीय समितिहरुलाई ससक्त र शक्ति साली बनाउने 

. क्षेत्रीय समितिहरुलाई ससक्त बनाउन यस वर्ष देखि दिदै आएको सदस्यता शुल्क निरन्तरता दीइने छ ।

. प्रत्येक ६ महीनामा एउटा सबै क्षेत्रलाई समेटने गरी कार्यक्रम गरिने छ । जसको लागि केन्द्रको पहिलो बैठकबाट विज्ञहरुको सहभागीतामा वार्षिक कार्ययोजना तयार पारीने छ ।

. आवश्यकताको आधारमा क्षेत्रीय समिति बिस्तार गरिने छ ।

. क्षेत्रीय समितिलाई आईसीसीले सम्बोधन गरेको छैन । यसलाई आईसीसीको बिधानमा राखी आइसीसीबाट पनि सहयोग गर्ने वातावरण बनाउन पहल गर्दै थप अधिकार दिलाउने छु ।  

. ज्ञान पूजी र शिप नेपाल लैजाने अभियान 

. जापानमा भएका सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय गर्दै नेपालमा विदेशी लगानी बढाउनका लागी पहल गर्ने छु ।

. जापानमा अध्ययन गरी विज्ञता हासिल गरी नेपाल फर्कन इच्छुकहरुलाई नेपाल सरकारसंगको समन्वयमा जापानमा सिकेको ज्ञान सीप प्रयोग गर्ने गरी व्यवसाय संचालनका लागी आवश्यक सहयोग तथा जापानमा भएका कम्पनीहरुसंग समन्वय गर्न सहयोगी भुमीका निर्वाह गरीने छ ।

. एनआरएनए जापानको लगानी कोष स्थापना गरी नेपालमा लगानी गर्नका लागी विज्ञहरुसंगको सहकार्यमा कार्ययोजाना तयार गर्नेछु ।  

. मिनि नेपाल र नेपाली भाषा केन्द्र स्थापना

. प्रत्येक क्षेत्रीय समिति भएको ठाउमा त्यहाका स्थानीय सरकार र एनआरएनए लगाएत विभीन्न संघसंस्थाहरुसंग समन्वय गरी नेपाल र नेपालीको पहिचान झल्काउने खालको मिनी नेपालको अवधारणा सहित नेपाली भाषा केन्द्रको स्थापना गरिने छ ।

. नेपालको कला संस्कृतिको संबर्धन गर्न वर्षको एक पटक जापान भरी एकै पटक बृहत कार्यक्रम आयोजना गरिने छ । 

. हाल सम्म प्रत्येक वर्ष नेपाल फेस्टीबलको आयोजना गर्दै आइरहेको क्षेत्रमा निरन्तरताका लागी पहल सहित सुरुवात नभएका क्षेत्रमा पनि सुरु गराउन पहल गरीने छ ।

. नेपाली दुतावाससंगको सहकार्यमा सुरुवात भएको घुम्तीसेवालाई अझै प्रभावकारी रुपमा निरन्तरता दिनका लागी आवश्यक पहल गरीने छ ।

. जापानबासी नेपालीहरु र जापानिजहरु बीच आवश्यक सहकार्य तथा समन्वयका लागी जापानमा भएका सबै सघसंस्थालाई एकित्रित गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्नेछ ।  

साथै आगामी दिनमा पनि निरन्तर सामाजीक सेवामा लागी पर्ने प्रतिवद्धता सहित सम्पुर्ण जापानबासी नेपालीहरुका लागी सहयोगको लागी अनुरोध गर्नु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *