無料イラスト【イラストAC】ram-krishna-shrestha

फुकुओका

जुन २८

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-२०२५ को अध्यक्ष पदका लागी हाल एनआरएनए जापानका उपाध्यक्ष, समाजसेवी रामकृष्ण श्रेष्ठले क्युशुबाट उमेदवारी दिने तयारी गर्नुभएको छ । पश्चिम जापानको फुकुओका शहरमा विगत १६ वर्ष देखी बसोबास गरीरहनु भएका श्रेष्ठ विभीन्न पेसा व्यवसाय तथा समाजसेवामा निकै पहिला देखिनै आबद्ध हुनुहुन्छ । जापानकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको २०११ मा अध्यक्ष हुदै गर्दा फुकुओकामै पहिलो पटक नेपाल फेस्टिवलको सुरुवात तथा जापानी समुदायमा नेपाल र नेपाली चिनाउन श्रेष्ठको ठुलो भुमीका रहेको पाइन्छ ।

२०१९-२१ कार्यकालको सक्रीय सदस्य हुदै २०२१-२३ को कार्यकालमा उपाध्यक्ष पदमा सर्वाधिक मतका साथ निर्वाचित हुनुभएका श्रेष्ठले सुरुवाती चरणबाटै विभीन्न नितीगत कुरामा जोडदार कुराहरु उठाउदै निती नियम परीवर्तनका साथ धेरै भन्दा धेरै नेपालीहरु लाभान्वीत हुने कार्यक्रमहरु गर्दै संस्थाको माध्यमबाट नेपाल र नेपालीहरुको पहिचान जापानीज समुदायमा चिनाउनु पर्दछ भन्ने योजना सहित लाग्नु भएको पाइन्छ । नेपाली दुतावास टोकीयो र एनआरएनए जापानको सहकार्यमा विभीन्न क्षेत्रमा सम्पन्न पहिलो चरणको घुम्ती सेवामा पनि प्रत्येक क्षेत्रमा पुगी त्यस क्षेत्रका नेपालीहरुको सेवामा खट्नु भएका श्रेष्ठले गैर आवासीय नेपालीहरुको अधिकारहरु सुनिस्चीत गर्नका लागी विभीन्न निकायसंग समन्वय गर्दै अगाडी बढ्ने र आगामी दिनमा परदेशमा रहेका नेपालीहरुले हालको जस्तो समस्या भोग्न नपरोस भन्ने परिवर्तनका लागी एक पटक आफु एनआरएनए जापानको नेतृत्वमा आउन लागेको बताउनु भयो । साथै जापानमा करीब १ लाख ५० हजार नेपालीहरुको बसोबास भएता पनि एनआरएनए जापानको सदस्य संख्यामा जम्मा करीब १० हजार नेपालीमात्र हुनुमा पनि आम जनमानसमा एनआरएनए प्रतिको हेराइ र बुझाइमा हाल सम्म भएका राम्रा कामको भन्दा विभीन्न चरणमा जान अन्जानमा भएका गल्तीहरुलेनै प्रभाव पारेको भन्ने बुझाइ रहेको छ ।

आफु अध्यक्ष पदमा निवार्चीत भए पश्चात हालसम्म भएका गल्तीहरुलाई पुर्ण रुपमा निर्मुल पारी गरीने कामहरु सम्पुर्ण पारदर्शि रुपमा गर्नका लागी सदैब तत्पर रही कार्य गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो । साथै परिवर्तन एकै पटक सम्भव नभएता पनि परिवर्तनका लागी सुरुवात आफ्नो कार्यकालबाट सुरुवात गरी अर्को कार्यकालका लागी सदस्यता आह्वन गर्दा अहिले भन्दा कम्तीमा २ गुणा नेपालीहरु स्वत स्फुर्त रुपमा सदस्यता ग्रहण गर्न अग्रसर हुने वातावरण बनाउन सदैव तत्पर रहने योजना रहेको पनि बताउनु भयो ।

写真素材無料【写真AC】
,
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *