無料イラスト【イラストAC】


फुकुओका
अक्टोबर १६
ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५० जना नेपाली र जापानिज विभीन्न कम्पनीका प्रतिनीधिहरु गरी करीब २०० जनाको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै ओखावा सिका मेयरले विदेशीहरुसँगको सहकार्यमा पहिलो पटक गर्न सफल भएको र पहिलो कार्यक्रम नै नेपाली समुदायसँग गर्न पाएकोमा अत्यन्त खुसी रहेको र आगामी दिनमा पनि निरन्तरता दिने कुरा बताउनु भयो । साथै उक्त कार्यक्रमको प्रमुख अतिथी फुकुओका नेपाल अवैतनिक वाणिज्य दुतावासका सचिब दिपक देवकोटाले नेपालीहरुको बसोबास रही विजया दशमीको पहिलो दिनमै कार्यक्रम मार्फत सुरुवात भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनका कार्यक्रममा सहकार्य गर्न चाहेको खण्डमा व्यक्तिगत तथा संस्थागत रुपमा तयार रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा टिका ग्रहण कार्यक्रमका साथसाथै फुकुओकामा बसोबास गर्नुहुने गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, ओखावामा बसोबास गर्ने गायीका पार्वति सुनारको लाइभ दोहोरी लगाएत विभीन्न सांस्कृतिक प्रस्तुतीहरु भएका थिए ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *