फुकुओका
जनवरी १२
विगतका समयबाट नै माघे सक्रान्तिको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युले यस वर्ष पनि माघे सक्रान्तिको अवसरमा माघे सक्रान्ति सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी १६ तरीक शुक्रबारका दिन फुकुओकाको भोडो लजमा गर्न लागेको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागी फुकुओकाको अबिरल व्यान्ड र अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युका संयोजक युकेस रानाले बताउनु भयो ।
उक्त कार्यक्रमको टिकट नर्मल ३,००० येन तोकिएको र टिकटसँगै खाना र एउटा ड्रिक दिइने आयोजकले जानकारी दिनु भयो । उक्त कार्यक्रम साँझ ६ बजेबाट सुरुवात गरीने जानकारी संस्थाका संयोजक रानाले दिनु भयो ।


