無料イラスト【イラストAC】

डिसेम्बर ९
फुकुओका
नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा जनवरी १२ तारीकका लागी सो फिक्स भएको र अन्य क्षेत्रमा पनि प्रदर्शनका लागी कुराहरु आइरहेको जापानका लागी आधिकारीक विक्रेता कम्पनी नेप्याक्सका प्रतिनीधि माधव सिग्देलले बताउनु भयो ।
फिल्मले युवापुस्तामा रहेको विदेश मोहलाई सचित्र प्रस्तुत गर्नुका साथै सन्देशमुलक रहेको भन्दै नेपालमा प्रदर्शनको क्रममा दर्शकहरुको प्रतिक्रीयाबाट थाहा पाइन्छ । साथै युवा पुस्तामा व्याप्त अमेरीकन ड्रिम्सलाई फिल्मले प्रस्तुत गर्दै सन्देस दिएको छ ।
कमाउने सपना बोकेर अमेरीका पुगेका एक नेपाली युवामा आउने पारीवारीक र समाजीक उतारचढाबलाई फिल्मले पेश गरेको छ ।
फिल्मको निर्देशन नारायण रायमाझि र प्रमुख भुमीकामा चर्चित गायक प्रकाश सपुत रहेका छन ।
साथै जापानको अन्य सहरमा पनि प्रदर्शन गर्न चाहानु हुन्छ भने नेप्याक्स टिम माधव सिग्देल, पुरुषोत्तम सिग्देल र उज्ज्वल बानियाँलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *