फुकुओका
नोभेम्बर २८
गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो । देशमा होस या परदेशमा सुखमा होस या दुखमा जहाँ पनि समाजसेवामा अग्रसर रहेको एनआरएनको एक अंग भै क्षेत्रीय समिति मार्फत कार्यक्रमहरु गर्न पाउदा अत्यन्तै खुसी व्यक्त गर्दै हाल सम्म गर्दै आएका कार्यक्रमहरु लाई निरन्तरताका साथै समयानुकुल कार्यक्रमहरु पनि गर्दै अगाडी बड्ने योजना रहेको संयोजक गुरुङ्गले बताउनु भयो ।
एनआरएनए क्युस्युले गठन गरेको दिनबाटै सामाजीक कार्यमा अग्रसर रही आएको र क्युस्युमा रहेका अन्य संघ संस्थाहरुसंगको सहकार्यमा विभीन्न कार्यहरु पनि गर्दै आइरहेको छ । यस पवित्र कार्य आगामी दिनमा पनि निरन्तर गर्दै लाने योजना सहित कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने विभीन्न नीकायहरु (रेडक्रस जापान, रक्तदान केन्द्र हाकाता, रक्तदान केन्द्र क्यानल सीटी) सँगको सहकार्यमा कार्यक्रम गर्न लागीएको कुरा एनआरएनए क्युस्यु सचिब केशव कुमार लामिछानेले जानकारी दिनु ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *