फुकुओका
जुलाई २६

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट २४ तारीक आइतबारका दिन फुकुओकाको हिगासी वार्डमा भएको नामीकि स्क्वायर हल चिहायामा आयोजना हुने भएको छ । १९९५ सालमा स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालदेखिनै नेपाल र नेपालीहरुका विभीन्न चाड पर्व बिशेष कार्यक्रम आयोजना गर्दै फुकुओकामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको छ, यस वर्ष पनि विगतका वर्षमा जस्तै तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्न लागीएको फुकुओका नेपाल सोसाइटी अध्यक्ष दिपक बिकले जानकारी दिनु भयो ।
यस वर्षको तीज कार्यक्रमका लागी नेपालबाट ख्याती प्राप्त कलाकार सुनिता दुलाल जापान आउदै हुनुहुन्छ भने फुकुओकामा बसोबास गर्ने कलाकारहरु गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, माधव सिग्देल र प्रेम सापकोटा सोनुको पनि दमदार प्रस्तुती रहने छ । साथै विभीन्न अन्य सांस्कृतिक कार्यक्रमको पनि तयारी गरीएको संस्थाका सचिब बिसाल जिम्बाले बताउनु भयो ।
यस वर्षको तीज कार्यक्रममा फुकुओकामा २०२६ बाट सुरु हुन लागेको जापान आइटी बिजनेस कलेज र एनआरएनए जापान निवर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष पदका उम्मेदवार सिद्धार्थ श्रेष्ठले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागी इभेन्ट पार्टनरको रुपमा सहयोग गर्नुभएको कुरा संस्थाका उपाध्यक्ष उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *