फुकुओका
फेब्रुअरी १३
फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको नेपाल फेस्टिवल फुकुओका २०२५ भव्यताका साथ सम्पन्न गर्नका लागी फेस्टिवल अवधिभर स्टल राखी आफ्नो व्यवसायको प्रचारप्रसार गर्न चाहाने व्यवसायीहरुका लागी स्टल बुकिङ्ग खुल्ला गरीएको छ ।
स्टल बुकिङ्ग गर्नका लागी नेपाल फेस्टिवल फुकुओकाको आधिकारीक होमपेजमा गई स्टल बुकिङ्गका लागी तयार पारीएको अनलाइन फारम भर्नुपर्ने हुन्छ । यस वर्ष फेस्टिवल २ दिन गरीने र २ दिनको लागी रेस्टुरेन्टको स्टलको लागी १४०,००० येन, अन्य व्यवसायीक स्टलको लागी १२०,००० येन र सेवामुलक स्टलका लागी ६०,००० येन तोकिएको छ । यो रकममा रेस्टुरेन्टका लागी ग्यास सिलीन्डर १० केजी, ग्यास चुलो १ थान, आगो निभाउने यन्त्र १ थान, स्टलमा निलो प्लास्टीक, कुर्चि २ थान, टेवल १ थान, विद्युत सप्लाई ३०० वाट, व्यवसायीक व्यानर फ्रेम १ थान तयारी गरीने छ । साथै अन्य स्टलका लागी कुर्चि २ थान, टेवल १ थान, विद्युत सप्लाई ३०० वाट, व्यवसायीक व्यानर फ्रेम १ थान तयारी गरीने छ । स्टलमा एकरुपता ल्याउनका लागी व्यानर फ्रेम आयोजकबाट उपलब्ध गराए पनि व्यानरको डिजाइन कस्तो गर्ने भन्ने कुराको तयारी व्यवसायी आफैले गनुपर्ने छ ।
साथै ग्यास चुलो, ग्यास सिलीन्डर, कुर्चि, टेवलहरु राखिएको भन्दा बढी आवश्यक भएमा तोकिएको शुल्क तिरी आयोजकबाट भाडामा लिन सकीने व्यवस्था पनि गरीएको छ । २०२५ फेब्रुअरी १२ तारीक बुधबारबाट सुरु भएको स्टल बुकिङ्ग मार्च २ तारीक सम्म रहने छ, भने मार्च ६ तारीकका दिन स्टलको ठाँउ छुट्टाउनका लागी गोलापोला र विभीन्न नियमहरुको बारेमा जानकारी गराइने हुनाले अनिवार्य उपस्थितीका लागी आयोजकले अनुरोध गरेको छ ।
थप जानकारीका लागी नेपाल फेस्टिवलको आधिकारीक होमपेज, आधीकारीक फेसबुक पेज, आधिकारीक इमेल (info@nepalfestivalfukuoka.com) र स्टल व्यवस्थापन उपसमितिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
