無料イラスト【イラストAC】

फुकुओका
फेब्रुअरी १२
गुल्मेली समाज जापानको क्युस्यु क्षेत्रिय कार्यसमिति गठन कार्यक्रम २०२५ फेब्रुअरी ११ तारीकका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट लामो समयदेखी फुकुओकामा व्यापार व्यवसाय गर्दै आउनु भएका सफल व्यवसायी रमेश कुँवर अध्यक्षतामा क्षेत्रिय समिति गठन गरीएको छ । उक्त समितिको उपाध्यक्षहरुमा प्रकाश न्यौपाने, नविन जिसी, सुरेश भण्डारी, मनोज थापा र विष्णु थापा रहेका छन भने सचिबमा सुमन ज्ञवाली, सह सचिबमा दिपक खरेल, कोषाध्यक्षमा रामचन्द्र गिरी, सह कोषाध्यक्षमा सुवास सेन, सदस्यहरुमा विशाल पाण्डे, नविन खरेल, किरण श्रेष्ठ, सुमन श्रेष्ठ, राजन ज्ञवाली, प्रदिप ज्ञवाली र शारदा सेन गरी १८ सदस्यीय कार्यसमिति गठन भएको छ । साथै नव निवार्चित कार्यसमितिको पहिलो बैठकले ३ जना सदस्य मनोनित गरी कार्यसमितिलाई पुर्णता दिने जानकारी गुल्मेली समाज जापानका उपाध्यक्ष ज्योती केसीले दिनु भयो ।


फुकुओकाको हाकातामा भएको विषेश कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको सभापतित्व, गुल्मेली समाज जापानका पुर्व अध्यक्ष तथा सल्लाहकार श्री सालिकराम भण्डारीको प्रमुख आतिथ्यता र गुल्मेली समाज जापानका प्रवत्ता दिलीप थापाको संचालन र गुल्मेली समाज जापानका उपाध्यक्ष ज्योती केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा फुकुओकाका विभीन्न संघसंस्थाहरुको प्रतिनीधिहरु र फुकुओकामा बसोबास गर्ने गुल्मेलिहरु गरी करीब १०० जनाको उपस्थितीमा सम्पन्न भएको थियो ।
गुल्मेली समाज जापानले स्थापना कालबाट नै विभीन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा गुल्मेली समाज जापानको विधानमा रहेर देशमा होस या विदेशमा सामाजीक कार्य गर्नमा अग्रसर रहि संस्थालाई उचाइमा ल्याउने योजना रहेको नवनिर्वाचित अध्यक्ष रमेश कुँवरले बताउनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *