फुकुओका
सेप्टेम्बर ६


नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक आइतबारका दिन फुकुओकाको चिहायामा रहेको नामीकि हलमा आयोजना हुने भएको छ । १९९५ सालमा स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालदेखिनै नेपाल र नेपालीहरुका विभीन्न चाड पर्व बिशेष कार्यक्रम आयोजना गर्दै फुकुओकामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको छ, यस वर्ष पनि विगतका वर्षमा जस्तै “फुनेसो तीज विशेष कार्यक्रम २०२३” कार्यक्रम आयोजना गर्न लागीएको फुकुओका नेपाल सोसाइटी अध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो ।


यस वर्षको तीज कार्यक्रमका लागी नेपालबाट ख्याती प्राप्त कलाकार कल्पना दाहाल र प्रिति आले जापान आउदै हुनुहुन्छ भने फुकुओकामा बसोबास गर्ने कलाकारहरु पुरुषोत्तम सिग्देल, माधव सिग्देल, प्रेम सापकोटा र दिलेन्द्र जोसीको पनि दमदार प्रस्तुती रहने छ । साथै विभीन्न अन्य सांस्कृतिक कार्यक्रमको पनि तयारी गरीएको संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।


यस वर्षको कार्यक्रम मनोरन्जनका लागी मात्र नभै कार्यक्रमबाट बचत भएको रकमको केही प्रतिशत रकम संस्थाद्धारा संचालीत सुख दुख कोषमा राखी नेपाल तथा जापानमा समस्यामा परेका नेपालीहरुका लागी गर्दै आइरहेको सहयोगलाई निरन्तरता दिने योजना रहेको सोसाइटीका सचिब बानियाँले जानकारी दिनु भयो ।


साथै नेपालबाट आउने कलाकारको जानकारी सहित विस्तृत रुपमा पुन जानकारी गराउने र सम्पुर्णमा सेप्टेम्बर १७ तारीकका दिन उपस्थितीका लागी अनुरोध गर्दै अन्य संघ संस्थाहरुलाई उक्त दिन कार्यक्रम नजुधाइदिनुहुन पनि संस्थाका अध्यक्ष घलेले अनुरोध गर्नुभएको छ । उक्त तीज विशेष कार्यक्रमको इभेन्ट पार्टनरमा नाङ्गलो घर फुकुओका रहेको छ भने अन्य विभीन्न व्यक्तित्वहरुको सहयोग रहेको छ ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *