無料イラスト【イラストAC】supendra-ghising

जापान
अगष्ट १४
जापानको क्युस्युमा स्थापीत व्यवसायीको पहिचान बनाउन सफल सुपेन्द्र घिसीङ्गले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ ।
आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७–१९ अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसीङ्गले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनएको अभियानमा निरन्तर सक्रिय उहाँ नेपालको काभ्रेपलाञ्चोक जिल्लामा जन्मिनु भएको हो । घिसीङ्गको एनआरएनए अभियानमा २०१४ सालमा एनआरएनए जापान क्षेत्रीय समिति क्युस्युबाट गरी एनआरएनए जापान र हाल आईसीसी सदस्यमा रही सामाजीक कार्यमा सक्रिय हुनुहुन्छ ।
उहाँ काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आउनुभएको छ ।
नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा आफूले आर्थिक सहयोग गर्नुको साथै आर्थिक संकलन अभियानमा समेत उहाँ सक्रिय हुनुभयो । कोभिड १९ मा पनि उहाँले नेपालको लागि र जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र खाद्य सामग्री वितरणका साथै सूचना सम्प्रेषणमा समेत सक्रिय हुनुभयो । त्यसै बखत नेपालमा अक्सिजनको अभावमा भएको बेला अक्सिजन पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपालमा दिनदुस्खी, अपांगता भएकाहरुलाई सहयोग गर्नुको साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ ।
उहाँको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड होटल व्यवसाय र GING लिमिटेड अन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय गर्दै आइरहनुभएको छ ।
उहाँले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी गराउनुभयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *