無料イラスト【イラストAC】dadiwal-khadka

जापान
अगष्ट १९
म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीसीको आगामी कार्यकालका लागी विगत लामो समय देखी जापानमा बसोबास गरीरहनुभएका ददिवल खडकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मोना आइसीसीको गौरवमय पाँचौं अधिवेशन २०८० असोज २६–२८ (अक्टोबर १३–१५) मा म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा सम्पन्न गर्नका लागी तयारी गरीएको छ ।


म्याग्दीको अन्नपुर्ण गाउ पालीका वडा नम्बर ६, घार पुख्यौली घर भएका खडका विगत ३ दशक देखी जापानलाई कर्मथलो बनाई विभीन्न व्यवसायमा संलग्न हुनुहुन्छ । मृदभाषी, सरल जिवनशैली र सहयोगी मनका धनी खडका शैक्षिक, आर्थिक तथा सामाजीक पहिचानका हिसाबले दक्ष व्यक्ति रहेको पाइएको छ ।


आर्थिक प्रेरणा र सामाजीक त्याग मार्फत सार्वभौमिक एकता भन्ने मुल आदर्श बोकेको मोना पछिल्लो केहिवर्ष देखी राजनैतिक खिचातानी र दाउपेचको शिकार बन्न पुग्दा संस्थाको उद्देश्य र जिल्लाबासीको उपेक्षा अनुरुप काम गर्न असक्षम भएको कुरा महसुस गरी संस्था भित्र परीवर्तन ल्याई जिल्लाको विकासमा संस्थाको प्रत्यक्ष सहभागीता देखाउनका लागी आफुले नेतृत्वमा उम्मेदवारी दिन लागेको खडकाले बताउनु भयो ।
खडका जापानका बसोबास गर्दै गर्दा मोना, एनआरएनए, नेपाली व्यवसायी संघ जापान, जस्ता अन्य संघ संस्थामा संलग्न भै भैपरि आउने विभीन्न समयमा नेपाल र नेपालीको हितमा काम गदै आइरहनु भएको छ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *