जापान
सेप्टेम्बर ७
परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ९मोना०जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम मिति २०२३ सेप्टेम्बर १७ तारीक आइतबारका दिन जापानको राजधानी टोकीयोमा अवस्थीत बाराकाडे गुड टाइम, डाइनिङ्ग बार एन्ड लजमा बिहान ११ बजेबाट साझ ५ बजेसम्मगर्ने भएको छ । जापानको विभीन्न सहरलाई आफ्नो कर्मथलो बनाउनु भयका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताका लागी अनुरोध गरीएको र यस कार्यक्रमले म्याग्देलीहरुमा अभिभावकिय भुमीकामा रहेको मोना जापानसँगको सम्बन्ध अझै प्रगाढ बनाउन मद्दत गर्ने संस्थाका नवनिर्वाचित अध्यक्ष बिसाल केसीले बताउनु भयो ।


कलाकारले भरीपुर्ण मोना जापानका विभीन्न कलाकारको बेजोड प्रस्तुती सहित विभीन्न अन्य सांस्कृतिक प्रस्तुती सहित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न लागेकोमा मोना जापानको तयारी पुरा गरेको र समपुर्णमा सहभागीताका लागी संस्था महासचिब सागर कार्कीले अनुरोध गर्नुभयो ।


मोना जापानले स्थापना भए देखिनै जिल्लामा र जापानमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । साथै यस पटकको नयाँ कार्यसमितिले पनि तीज कार्यक्रमबाट सुरुवात गरी जापान र म्याग्दीमा विभीन्न कार्यक्रमहरु गर्ने योजना रहेको कुरा पनि अध्यक्ष केसीले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *