無料イラスト【イラストAC】


जापान
अक्टोबर १
जापानका ओइता शहरमा पहिलो ओइता नेपाल फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । जापानका विभीन्न सहरमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै ओइतामा पनि पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्या दिनहु बढीरहेको छ । तर यहाँ आफ्नो अध्ययन पुरा गरे पछि अन्य ठाँउमा जाने नेपालीहरुको संख्या पनि बढदो छ ।
यस क्षेत्रमा लामो समय देखी बसोबास गरीरहनु भएका नेपालीहरुले नेपाल र नेपालीहरुको संस्कृति, भेषभुषा, पर्यटकिय स्थल लगाएतलाई जापानीज समुदायमा चिनाइ नेपाली र जापानीज बिचको सम्बन्धलाई प्रगाढ गर्ने उद्देश्यले कार्यक्रम गरीएको नेपाल ओइता कम्युनिटीका संयोजक निकेश कार्किले बताउनु भयो ।


उक्त फेस्टीबलमा फुकुओका लगाएत जापानको विभीन्न ठाँउबाट नेपालीहरुको उल्लेख्य उपस्थीति पनि रहेको थियो । साथै ओइता क्षेत्रका नेपाली तथा जापानीज नागरीकहरुको पनि सहभागीता रहेको थियो । उक्त दिन नेपाली पहिचान झल्कने खालका नृत्य तथा अन्य संस्कृतिको प्रर्दशन र कार्यक्रमकै मुख्य आकर्षकको रुपमा टिकटक प्रतियोगीता पनि गरीएको थियो । साथै नेपाली खानाहरु पनि जापानीजहरु माझ चिनाउने लक्ष्यले नेपाली परीकारका स्टलहरु पनि राखिएको थियो ।
अहिलेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र आगामी दिनमा पनि नेपाल ओइता कम्युनिटी यस्ता कार्यक्रमहरु निरन्तर गर्ने योजना रहेको संयोजक कार्किले बताउनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *