無料イラスト【イラストAC】NRNA Okinawa 2023-25


जापान
जुलाई १०
एनआरएनए जापान क्षेत्रीय कार्यसमिति ओकीनावाको संयोजकमा देवेन्द्र खडका निर्वीरोध चयन हुनु भएको छ । जापानका विभीन्न १२ क्षेत्रमा क्षेत्रिय समिति बनाएर सामाजीक कार्यमा सम्पुर्ण नेपालीहरुलाई समेटदै अगाडी बढीरहेको एनआरएनए जापानको २०२३–२५को क्षेत्रीय समितिको अधिवेशनहरु अन्त्य तर्फ छन । ओकीनावामा २०२३ जुलाई ९ तारीकका दिन भएको अधिवेशनमा संयोजकमा खडका लगाएत उप संयोजकमा मंगल बहादुर सुनुवार, सुभाष थापा, महिला उप संयोजकमा लता रिजाल, सचिव सुवास गुरुङ्ग, सह सचिव हरी कंडेल र विश्वनाथ यादव, कोषाध्यक्ष ललित बन्जाडे, सह कोषाध्यक्ष सामसा तामाङ्ग, युवा संयोजक विराजमान कार्की, सदस्यमा थम प्रकाद खनाल, रेमन रिजाल, प्रकाश पोखरेल, दिपेन्द्र कार्की, प्रेम बहादुर लामा रहेका छन ।


संयोजकमा निर्वाचित खडका एनआरएनए ओकीनावाको स्थापनाकालबाट नै समाजसेवामा अग्रसर रहेका थिए । साथै एनआरएनए ओकीनावाले स्थापनाकालबाट नै ओकीनावामा भएका नेपालीहरुका लागी विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा पनि नेपाल र नेपालीहौ हक हितका लागी विभीन्न कार्यक्रमहरु गर्ने योजना रहेको कुरा नव निर्वाचित संयोजक खडकाले बताउनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *