無料イラスト【イラストAC】hamro-nepal-hami-nepali


फुकुओका
अगष्ट २०
पश्चिम जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली विध्यार्थीहरुलाई सहयोग पुराउने उद्देश्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा अभिमुखीकरण कार्यक्रम यहि मिति २०२३ अगष्ट ३१ तारीक बिहीबारका दिन मिनामी सीमिन सेन्टरमा हुने भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा जापानका लागी नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, विगत लामो समय देखी जापानमा बसोबास गरीराख्नु भएका अग्रज जिज्ञान कुमार थापा लगाएतका व्यक्तीहरुका साथ साथै फुकुओका प्रिफेक्चर कार्यालय, फुकुओका नगर कार्यालय, मिनामी प्रहरी चौकी र अन्य विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको सहभागीता रहने अभियानका संयोजक धर्मराज अधिकारीले बताउनु भयो ।


कार्यक्रम २०१७ मा सुरु भै हाल सम्म ३ पटक सम्पन्न भै सकेको २०१९ पछाडी कोरना भाइरसका कारण कार्यक्रम आयोजना गर्न नसकीएकोमा यस वर्ष चौथो संस्करणको कार्यक्रम जापानमा नयाँ विध्यार्थीहरुको संस्ख्यामा वृद्धि भए संगै विभीन्न जानकारी दिने लक्ष्य सहित यस बर्षबाट पुन कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको पनि अभियानका संयोजक अधिकारीले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *