अक्टोबर १४
बेनी
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका खडका यस अघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।


अध्यक्षमा खडका सँगै उपाध्यक्षमा सुर्जे भट्टचन, इ. नन्द गर्बुजा, हरी राम्जाली, दिपक कार्की, किसान जि.सी, महिला उपाध्यक्षमा विष्णु बानियाँ, महासचिब सुनेश के.सी, सचिबमा हिक्मत श्रेष्ठ, निलम कुमार थापा, महिला सचिबमा संगिता थापा, कोषाध्यक्षमा नरेन्द्र फगामी, सह कोषाध्यक्षमा प्रेम छन्त्याल, युवा संयोजकमा सचिन श्रेष्ठ, महिला संयोजकमा पुर्णिमा पाईजा, महिला उप संयोजकमा नैना पुन तिलीजा र क्षेत्रीय संयोजकमा दिपु फगामी सर्वसम्मत चयन हुनु भएको कुरा मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
पाँचौ अधिवेशन अक्टोबर १३, १४ र १५ तारीक म्याग्दीको सदमुकाम बेनी बजारमा चली रहेको छ । यस अवसरमा म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगीता, बेनी लब्लीहिल मिनी म्याराथुन र बेनी बजारमा विभीन्न जातजाती तथा पहिचान सहितको झाँकी प्रर्दशन गरीएको थियो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *